मेचीनगरमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमिको संख्या ९० पुग्यो

2020-08-06 मा प्रकाशित

मेचीनगर,२२ साउन । मेचीनगर नगरपालिकामा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर नगरपालिका वडा नं। १० धुलाबारी स्थित अतिथि सदन क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
आज पुष्टी भएका ८ जना मध्ये एक१० वार्षे वालिका सहित ७ जना पुरुष रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९० पुगेको छ । जस मध्ये ६५ जना उपचार पछि घर फर्किएको र आजका ८ जना संक्रमित मध्ये मेची अस्पताल भद्रपुरमा ६ जना र मेचीनगरको धाइजन स्वास्थ्य चौकको आइशोलेशनमा २ जनालाई राखिएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिए ।
धुलाबारीमा समुदायस्तरमा संकलन गरिएको स्वाबको रिपोट भोलीसम्ममा आइपुग्ने धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु