मेचीनगर ९ र १० वडाका सबै उद्योग पसल अनिश्चितकालिन बन्द

2020-08-07 मा प्रकाशित

मेचीनगर,२३साउन । मेचीनगरमा पहिलोपटक समुदायमा कोरोना संक्रमण पुष्टी भए सँगै नगरपालिकाका दुई वटा वडाका सबै उद्योग तथा पसलहरु आज राति १२ बजेदेखि अनिश्चितकालिन बन्द गरिने भएको छ ।
नगर स्तरिय कोरोना नियन्त्रण तथा रोकथाम कार्यदलको आज बसेको बैठकले संक्रमण फैलिन नदिन संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंखास्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिने छ । उनीहरुको रिपोट नआएसम्म मेचीनगर ९ र १० नम्बर वडाका सबैखाले सार्वजनिक गतिबिधिहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख बिमल आचार्यले बताए ।

मेचीनगर ९ र १० क्षेत्रहरुका डेरी, खाद्यान्न र सागसब्जी पसलहरु अर्को सुचना नभएसम्मका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म मात्र स्वास्थ्य सुरक्षाको ब्यवस्था गरेर खोल्न पाइने भएको छ । त्यसैगरी बैंक तथा बित्तिय संस्था र औषधी पसल तथा अस्पतालहरु स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरि नियमित सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन सबै नगरबासीहरुमा नगरपालिकाले आवहान गरेको छ ।

मेचीनगर १० धुलाबारी बजारका १५ बर्षिय युवामा आज कोरोना संक्रमण पुष्टी भएसंगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । यस अघि पनि साउन २० गते पनि मेचीनगर ९ र १० का समुदायस्तरका ब्यक्तिहरुको पिसिआर परिक्षणका लागि ७१ जनाको स्वाब संकलन गरि धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु