कमल गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

2020-08-09 मा प्रकाशित

कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरेका काम तथा खर्चको समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा सम्पन्न गोष्ठिमा वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कार्यक्रमको समिक्षा गरीएको थियो । त्यसैगरीविषयगत शाखा प्रमुखले आफ्नो शाखाको तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन माथि समिक्षा गरिएको थियो ।कार्यक्रममा कृषि शाखाको तर्फ बाट गत आर्थिक वर्षमा सम्पन्न भएका कृषि उपकारण वितण , अध्यक्ष पकेट कार्यक्रम , खाध्य वालिको विजवृद्धि , बेमौसमी तरकारी बालीका लागी टनेल वितरण र आग्र्यनिक मल उत्पादन र वितरणका बारेमा शाखा प्रमुख महेन्द्र वोहोराले शाखाको तर्फ बाट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी पशु सेवा शाखाका तर्फ बाट प्रस्तुत कार्यपत्रमा गाई ,भैसि र बाख्रामा कृतिम गर्भाधान ४ हजार ८ सय ६४, प्रथमिक उपचार ५ हजार १सय ५२, माईनर सर्जिकल १ हजार ७ सय ६ गाईनो क्लोजिकल १ हजार ८१ रेविज भ्याक्सिन १ हजार २ सय ७० व्यवसायीक कुखुरा पालक कृषक लाई ५१ थान ग्यास ब्रुडर तथा व्यवसायीक पशुपालक कृषकलाई घाँस विउ वितरण र च्यापकटर वितरण गरिएको शाखा प्रमुख बद्री भट्टराईले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी शिक्षा शाखा का तर्फ बाट गाउँपालिकाको समग्र शिक्षा को गतिविधी र शिक्षामा विनियोजित बजेट को खर्च भएको र खर्चहुन नसकेको बारेमा शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले प्रस्तुत गर्नु भएको थियो ।
महिला शाखाको तर्फ बाट आर्थिक वर्षमा गरिएका काम अन्तरगत लैगिंक हिंसा, ४ सय ४६ जनालाई अपाङ्गता परिचय पत्र वितरण र ३३ जनालाई सहायक सामग्री वितरण तथा ९१ वर्ष माथिका ११० जना जेष्ठ नागरिक सम्मान गरिएको शाखा प्रमुख रेनुका गौतमले जानकारी गराउनु भएको थियो ।
स्वस्थ्य शाखाको तर्फ बाट विपन्न परिवारलाई गरिएको सिपारिस अन्तरगत मुटु, क्यान्सर मृगौला लगायतका ७७ जनालाई सिफारिस गरिएको थियोभने ३ सय ८ जनाको पिसिआर परिक्षण गरिएको लगायतका विषयमा प्रस्ट पानु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु