कमल गाउँपालिका र वडा कार्यालयको सेवा बन्द

2020-08-14 मा प्रकाशित

दमक,३० साउन । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको कमल गाउँपालिका र सो गाउँपालिकाका सबै वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सेवा तत्कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गर्दै गाउँपालिका कार्यालयसगै रहेको क्यान्टीन संचालन गर्दै आएका ब्यक्तिहरु कोरोना सन्क्रमितको कन्ट्रायक ट्रेसिङमा परेकाले पिसिआर परीक्षण गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेल सम्म सेवा बन्द गर्न सर्कुलर गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा हस्ताक्षर गरि जारी गरिएको सर्कुलर गर्नुका साथै संक्रणणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न पनि वडाबासीहरुसंग आग्रह गरिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु