बुद्धशान्तिमा काँग्रेसका पुराना कार्यकर्तालाई सम्मान

2020-08-24 मा प्रकाशित

अर्जुनधारा । नेपाली काँग्रेस बुद्धशान्तिले पार्टीका पुराना कार्यकर्तालाई सम्मान गरेको छ । बुद्धशन्तिको वडा नं। १० कालीझोडामा एक कार्यक्रमको आयोजना गरी पार्टीमा नयाँ प्रवेशीलाई स्वागत तथा पुराना कार्यकर्तालाई सम्मान गरेको हो ।

टोल न।५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रबेशीहरुलाई स्वागत गरीएको थियो भने बि।सं।२०१६ साल देखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र सहयोग गर्ने ६ जना सदस्यहरुलाई सम्मान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा काङ्ग्रेसका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकीले सम्मान–पत्र सहित खादा ओढाएर उनीहरुलाई सम्मान गरेका थिए ।

टोल न।५ का अध्यक्ष गोबिन्द पोख्रेलको सभापत्विमा सम्पन्न कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि मोहन लिम्बूले स्वागत मन्तव्य राखेको थिए । स्थानिय युवा खगेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राखेकोे कार्यक्रमको सञ्चालन वडा सचिव टीकाराम  कङ्लिवाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु