एमसिसिको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम धुलाबारीमा

2020-09-18 मा प्रकाशित

धुलाबारी,२ असोज ।धुलाबारी स्थित मेची चेम्बर अफ कमर्स ९एमसिसि०को कार्यालय शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ ।
कार्यालय भवनको उदघाटन् चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर गर्नु भएको थियो ।

उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली गर्नु नपर्ने घिमिरेले बताउनु भयो । मेची उद्योग वाणिज्य संघसंग नाम मिलेको बिषयमा बोल्दै घिमिरेले कामले संस्थालाई स्थापित गराउने भन्दै राज्यको नियम अनुसार दर्ता भएको संस्थाको बारेमा नकरात्मक प्रचार गरेर नामको झगडामा नलाग्न पनि सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।

मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललितकुमार बाहोराको सभापतित्वमा सम्पन कार्यक्रममा अध्यक्ष बोहोराले स्थानीय उत्पादनको उत्पात्तिको प्रमाण पत्र जारी गर्ने कामको प्रक्रियामा लागेको बताउँदै चाँडै नै उत्पात्तिको प्रमाण पत्र मेची चेम्बरले जारी गर्ने पनि बताउनु भयो ।

अध्यक्ष बोहोराका अनुसार मेची चेम्बरमा ३६ जना आजिवन सदस्य र १०५ जना साधारण सदस्य भइसक्नु भएको छ भने कार्यालयमा ४ जना कर्मचारीले काम गर्न शुरु गरेका छन ।

कार्यालय उदघाटन कार्यक्रममा चेम्बरका झापा अध्यक्ष ओमकृष्ण बिमली, प्रदेश सदस्य सन्तोस अग्रवाल, महिला चेम्बर झापाका अध्यक्ष प्रेमा भट्टराई,मेचीउद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतको उपस्थिति रहेको थियो ।

त्यसै बीच कार्यालय उदघाटनको अवसर पारेर मेची चेम्बरले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । धुलाबारी चोकमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको चेम्बरका अध्यक्ष बोहोराले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु