साहित्यकार आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’कृति बिमोचन

2020-09-20 मा प्रकाशित

मेचीनगर।साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर एक भब्य कार्यक्रमका बीच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ यज्ञराज प्रसाई र कार्यक्रमका विशेष अतिथि अग्रज साहित्यकार पुण्यप्रसाद खरेलले संयूक्त रुपमा उक्त कृति बिमोचन गरेका थिए ।

कृति बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रसाईले ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति नेपाली साहित्यको एउटा दह्रो खम्बा भएको बताए।साहित्यकार बिष्णु भक्त आत्रेयको यो दोश्रो कृती हो। यस अघि उनले ज्ञान मञ्जरी’ कविता सङ्ग्रह प्रकाशनमा ल्याई सकेका छन् ।

मेचीनगर– ५ स्थित घैलाडुब्बा मन्दिर परिसरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार एवम् शिक्षासेवी भुवन सुब्बा, साहित्यकार डिल्लीराज नेपाल, शिक्षासेवी कनक कार्की, हेमन्त निरौलालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिभा युवा परिवार मेचीनगरका कार्यक्रम संयोजक राजु गौतमले सञ्चालन गरेको पुस्तक बिमोचन कार्यक्रममा साहित्यकार, समाजसेवीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु