पत्रकार तिम्सिना परिवारलाई मातृशोक

2020-09-21 मा प्रकाशित

मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ ।

पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो ।

स्वास्थ्यमा समस्याभएपछि उनलाई उपचारको लागि कनकाई अस्पताल बिर्तामोडमा असोज १ गते भर्ना गरिएको थियो । विरामीको अवस्था झन जटिल बन्दै गएपछि अस्पतालले धरानलान लैजान सुझाव दिएको थियो ।कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबारनै धरान पुर्याएका थिए । तर धरानमा ३ घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण आमाको मृत्यु भएको परिवारले जनाएको छ ।

उनका ६ जना छोरा र ४ जना छोरीहरु छन् । छोराहरु रामकृष्ण, भोला, बासुदेव, गणेश, प्रविण, सुजन तथा छोरीहरु रमा, मञ्जु, निर्मला र सृजना तिम्सिना छन् ।

पत्रकारहरु गणेश, सुजन, भोला, निर्मला र सृजना तिम्सिना विभिन्न पत्रिका, रेडियो तथा अनलाइनमा आवद्व छन् ।उनको आजै कनकाई नदिमा दाहासंस्कार गरिने परिवारले जनाएको छ

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु