डाक्टरले समयमा उपचार नगरेछि पवित्रादेवीको मृत्यु ,दोषी डाक्टरलाई कारवाही गर्न परिवारको माग

2020-09-22 मा प्रकाशित

धरान ।बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले समयमा उपचार नगर्दा बिरामीको मृत्यु भएपछि परिवारले सम्बन्धीत डाक्टरलाई कार्वाहिगर्न माग गरेका छन् । घटना अनुसार मेचीनगर ५ निवासी पवित्रा देवी तिम्सिना असोज १ गते स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बिर्तामोड स्थित कनकाई अस्पताल पुगिन । स्वास्थ्य कमजोर भएर रिंगटा चले पछि परिवारले उनलाई कन्काई अस्पतालमा असोज १ गते भर्ना गरेका थिए । त्याहाँ २ गते टाईफाईड भएको भनेर चिकित्सकले बताए ।
त्यस पछि आईसियुमा राख्नु पर्छ भनेर सोही बमोजिम दुई गते आईसियुमा राखियो । आईसियुमा राखेपछि सुधार भएकोर भोलि वार्डमा सार्ने डक्टरले बताएका थिए । तीन गते फेरी जटिल छ भनेर चिकित्सकले अवगत गराए । राम्रो ठाँउमा लानुस् भने पछि परिवारले
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। गौरी शंकर शाहलाई साझँ सम्पर्क गरी आईसियु र भेन्टिलेटर छ छैन भनेर सोधे र निर्देशक डाक्टर शाहको सल्लाह बमोजिम पवित्रादेवीलाई धरान पुर्याएको परिवारले जनाएको छ ।

अपरान्ह अस्पताल पुगेका बिरामीलाई ड्युटीमा रहेका एक पुरुष र महिला डाक्टरले हामी यो बिरामीलाई हेर्दैनौ, हेर्छ भने त्यही गौरी शंकरले

हेरोस् भनेर पन्छिएको परिवारद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।विज्ञप्तिमा उल्लेख भए अनुसार गौरी शंकरलाई पुनः सम्पर्क गर्दा मैले भन्दिएको छु भनेर फोन स्वीच अफ् गरे । विरामी भर्ना गर्न चारैतिर फोन र दौडधुप गर्दा पनि अस्पतालले बिरामीलाई एम्बुलेन्सबाट झारेन । एम्बुलेन्समा भएको अक्सिन सकियो । त्यस पछि अर्को अक्सिजन परिवार आफैले फेरी दिए ।
त्यस पछि बिपीका उपकुलपतिलाई दर्जनौ पटक फोन गर्दा उठाएनन् भने प्रवक्ता निदेश सापकोटालाई सम्पर्क गर्दा म मिलाउदै छु भनेर अनलाईन क्लासमा हुन्छु एक घण्टा फोन उठ्दैन भनेर पन्छिए ।
आफन्तहरु गौरीशंकरलाई खोज्दै उनको कार्यकक्षमा गए । त्याहाँ पनि भेटिएनन् । तीन घण्टा बिरामी एम्बुलेन्समै राखिए पछि साँझ पिपिई लगाएका नर्सहरु आएर हेरे र पछि कोभिड सस्पेक्ट भनेर कोरोना अस्पतालमा लगे र भेन्टिलेटरमा हाले ।
बिरामी एम्बुलेन्समा पनि आफै चढेको, भेन्टिलेटरमा पनि आफै चढेको बोल्दा बोल्दै, र दाल खाएर भेन्टिलेटरमा चढेकी पवित्रा अन्ततः सदाको लागि निदाईन् । भेन्टिलेटरमा बिरामीको आफन्तलाई जान दिईएन ।
मृत्यु भयो भने पछि आश्चर्य चकित हुँदै परिवारले दवाव दिए पछि उपचार नपाएर हाम्रो मान्छेको मृत्यु भयो भनेर दोषीमाथि कार्बाहीको माग गरिए पछि निर्देशक गौरी शंकरले छानविन समिति बनाएर दोषी चिकित्सकलाई कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
शु्रुमा परिवारलाई कोरोना परीक्षणको नतिजा १२ घण्टामा मात्रै आउछ भनेको अस्पतालले राति ११ बजे सम्म पनि स्वाब नै संकलन गरेको थिएन ।
तर अचानक बिहान ५ बजेतिर फोन गरेर कोरोना पोजेटिभ देखिएको भन्यो । तर बुझिन आए अनुसार आरडीटी÷पिसिआर केही पनि गरिएको थिएन ।
हामीसगँ अहिले नयाँ प्रविधि छ त्यसले अढाई घण्टामै पत्ता लाग्छ भनेर जवाफ दिएको छ ।
यसको निष्पक्ष छानविन गर्दै विपीका उपकुलपति ज्ञानेन्द्र गिरी, निर्देशक गौरी शंकर शााह सहित पदाधीकारीले राजीनामा दिनु पर्ने, विपी अस्पताललाई जनताको उपचार भन्दा बढी कमिसन र भ्रष्टाचारको अखडा बनाईएको, बिरामीको उपचार गर्दिन भन्ने चिकित्सकलाई कार्बाही गरी उनीहरुको नेपाल मेडिकल काउन्सीलको लाईसेन्स खारेज गर्न परिवारले माग गरेका छन् ।
छानविन समिति बनाएर दोषीमाथि कार्बाही गर्ने अस्पतालको प्रतिवद्धता पछि परिवारले शब बुझेर झापामै लगेर असोज ५ गते बेलुका नै दाहासंस्कार गरिसकिएको पारीवारीक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु