झापामा आज थपिए ५जना कोरोना संक्रमित, एक जनाको मृत्यु

Coronavirus. COVID-19. 3D Render
2020-09-23 मा प्रकाशित

मेचीनगर, ७ असोज । झापामा आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–१० नम्बर वडाका ८६ वर्षीय १ जना स्थानीय वृद्व पुरुषको मृत्यु भएको छ ।

अरु २ जनामध्ये एकजना महिला २१ वर्षीया र १ जना २३ वर्षका पुरुष हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुमध्ये एकजना ओखलढुंगा र अर्का एकजना सल्यान जिल्लाको रहेको कार्यालयले जनाएको छ ।

गौरादह नगरपालिकाका–८ का १ जना ४० वर्षीय स्थानीय पुरुष र दमक नगरपालिका–२ का ३० वर्षीय १ जना स्थानीय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८१८ पुगेको छ । निको हुनेको संख्या ७३० छ । सकृय संक्रमित ९९ जना छन् भने अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु