छतबाट लडेर १३ वर्षीया बालिकाको मृत्यु

2020-09-25 मा प्रकाशित

विर्तामोड, ९ असोज । बिर्तामोड नगरपालिका वडा नं। ५ की १३ वर्षीया कृतिका भण्डारीको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए ।

थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा अचानक लडेर भण्डारी गम्भीर घाइते भएकी ।

घाइते अवस्थामा तत्काल उपचारार्थ बीएन्डसी हस्पिटल लैजादै गर्दा बाटोमै उनको मृत्यु भयो । उनी काठमाडौंबाट ५ दिन अघि मात्र मामाघर आइपुगेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु