प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

2020-09-25 मा प्रकाशित

झापा, ९ असोज । प्रेस काउन्सिलको आज बसेको कार्यकारिणी समिति ९बोर्ड०को बैठकले गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ ।

यस अघिका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कार्यकालको केही दिन बाँकी रहँदै पदबाट राजीनामा दिएपछि नयाँ कार्यवाहक चयन गरिएको हो ।

काउन्सिलमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन सकेका छैनन् । कार्यवाहकले नै काउन्सिलको नेतृत्व गर्दै आएका छन् ।

गत महिना मन्त्रिपरिषद्ले पोखराकी दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरेको थियो । तर कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सवोच्च अदालतमा रिट हालेर भण्डारीको नियुक्त बदर गराएका थिए ।

बुढाथोकी काठमाडौंबाट प्रकाशित साँघु साप्ताहिकका सम्पादक हुन् । श्रेष्ठले शुक्रवार नै कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएका थिए । बुढाथोकी जेष्ठताका आधारमा नेतृत्वका लागि छानिएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु