पत्रकार शर्मा र घिमिरे सम्मानित

2020-09-26 मा प्रकाशित

काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु