सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई मन्त्री कार्कीको आग्रह , प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती

2020-09-27 मा प्रकाशित

सुजन प्रधान

मेचीनगर, ११ असोज ÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की ले नेपालको पूर्वोत्तर सिमामा रहेर यहाँका सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

झापाको मेचीनगरस्थित काँकरभिट्टामा मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात शनिवार भएको प्रथम अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट बोल्दैं मन्त्रीले यस्तो बताउनुभएको हो ।

मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब तीन महिनाअघि तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीच एकीकरण भएको थियो ।

उहाँले विकृती बिसङ्गति विरुद्ध निरन्तर कलम चलाउन र समाजलाई सकारात्मकतातर्फ धकेल्न पत्रकारहरुको महत्वपूर्ण रहने भन्दै मन्त्री कार्कीले प्रदेश सरकारकोतर्फबाट सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई सदैब सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

उहाँले पत्रकारलाई समाचार लेख्ने क्रममा कहिल्यै पनि हरेकक्षेत्रका कमि कमजोरीलाई लुकाउन नहुने भन्दैं व्यक्तिगत स्वार्थका लागि कसैको चरित्र हत्या गर्न नहुने धारणा राख्नुभयो । फरक विचार र आस्थाकै कारण गलत सन्देश सम्प्रेषण गर्न नहुने मन्त्री कार्कीको तर्क थियो । कार्यक्रमा बिशिष्ट अतिथि १ नम्बर प्रदेश सांसद श्रीप्रसाद मैनालीले समाजलाई निरन्तर खबर प्रवाह गर्ने कर्ममा रहेका पत्रकारहरुलाई आफ्नो ब्यक्तिगत र प्रदेश तथा स्थानीय सरकारकोतर्फबाट सहयोग रहने बताउनु भयो ।

उद्घाटन सत्रमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिना, मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्रज्ञा सभासदस्य सुभद्रा भट्टराई, पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य मोहन काजी , नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेसका मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी, र पुरस्कृत पत्रकार जीएन शर्माले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

मन्त्री हिक्मत कार्कील २ जना पत्रकारलाई सम्मान समेत गर्नुभयो । अग्रज मेचीनगर पत्रकारिता पुरस्कारबाट पत्रकार जीएन शर्मा र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पत्रकार खगेन्द्र घिमिरेलाई क्रमशः नगद ११ हजार १११ र ५ हजार ५५५ सहित सम्मान गरिएको थियो ।

अधिवेशनको बन्दसत्रले आगामी दुईवर्षे कार्यकालका लागि प्रेस क्लव मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती लाई चयन गरेको छ । उप्रेती सूर्योदय टेलिभिजन, पूर्वाञ्चल दैनिक, मेरो मेचीनगर अनलाइन, मिडियामा आवद्ध छन् ।

क्लवको १५ सदस्यीय नेतृत्वमा उपाध्यक्षमा शिशिर चम्लागाई, सचिवमा जीआर धिताल, सहसचिवमा भूमिका सुब्बा र कोषाध्यक्षमा रीता दाहाल चयन भएका छन् । कार्यसमितिको सदस्यमा प्रकाश पौडेल, खगेन्द्र घिमिरे, किशोर उपरकोटी, युवराज आचार्य, हेमन्त निरौला, विकास देवकोटा, माया लामिछाने, दिलीप थापा, हरिकृष्ण भण्डारी र उमेश खतिवडा चयन भएका छन् ।

क्लवको तदर्थ समितिका संयोजक मुक्ति पौडेलको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक सन्तोष आचार्य, क्लवको तदर्थ समितिका सहसंयोजक ज्ञानेन्द्र निरौला, सचिव झुलन रेग्मीले आयोजकका तर्फबाट मन्तब्य ब्यक्त गरेका थिए भने निर्वाचन कार्यक्रम समापनपछि क्लवका अध्यक्ष उप्रेतीले प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु