मेचीनगरमा आज थपिए ५ जना कोरोना संक्रमित

2020-10-09 मा प्रकाशित

मेचीनगर, २३ असोज । मेचीनगरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ ।

वडा नम्बर ८ मा एउटै परिवार र छरछिमेकीमा लगातार कोरोना संक्रमण फैलिरहेको नगरपालिकाले जनाएको छ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु