मेचीनगरमा आज नगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण

2020-10-14 मा प्रकाशित

मेचीनगर,२८ असोज । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ ।

हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण पुष्टि भए लगत्तै नगर प्रमुख आचार्यले त्रासमा नपरी सचेत रहन सबै नगरवासीहरुमा आग्रह गर्नु भएको छ ।

स्वास्थ्य मापदण्ड अपनाउँदै नजिएको चाड आफ्नो घर परिवार भित्र मात्र मनाउँन समेत नगर प्रमुख आचार्यले सबै नगरबासीहरुमा आग्रह गर्नु भएको छ ।

कन्काईस्थित कोटिहोम ल्याबबाट आज प्राप्त नतिजामा मेचीनगर प्रमुख आचार्य सहित अन्य ३ जनामा समेत कोरोना पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिनु भयो ।

मेचीनगरमा संक्रमण पुष्टि भएकाहरुमा नगर प्रमुख आचार्य सहित मेचीनगर ९ का एक स्वास्थ्यकर्मी, २ जना मेचीनगर वडा नं ६ का पुरुष रहनु भएको समिति संयोजक बरालले जानकारी दिनु भयो ।

मेचीनगरमा १५६ जना संक्रमण मुक्त हुँदा कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको छ । नगरमा १ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु