प्रहरी दिवसमा सम्मान

2020-10-16 मा प्रकाशित

भद्रपुर, ३० असोज । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस भव्य रुपमा शुक्रवार सम्पन्न गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततिलाई सम्मान गरिएको छ । प्रजिअ तिम्सिनाले जिल्लामा दरबन्दीको १५ प्रतिशत प्रहरी कम हुँँदा पनि उच्च मनोबलका साथ सक्रियापूर्वक प्रहरीले काम गरिरहेकोमा प्रशंसा गरेका थिए ।

कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदय शम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको थियो । सम्मानित हुनेमा प्रनानि दीपबहादुर बानियाँ, असई शुभराज राई, जानुका चौहान, राजेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र प्रहरी जवान साजन कार्की, मनकुमारी चौहान रहेका छन् ।

यसैगरी कार्यक्रममा गौरादहमा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने गौरादह नगरपालिका–७ का रत्नबहादुर श्रेष्ठ, डम्बर कुमारी ढुङ्गेल, सकुन्तला देवी महतोलगायत पाँचजनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तति जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिकास्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्व प्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु। १० हजारका दरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

कार्यक्रममा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा पूर्व प्रहरी संघका अध्यक्ष खेमराज कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी वल २ नम्

बर हेडक्वाटरका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु