मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

2020-10-17 मा प्रकाशित

मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको स्वाबको रिपोर्ट पोजेटिभ आएको मेचीनगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु