ढकाल दम्पत्तिले सुरुगरे फायरउड वेकर्स क्याफे

2020-10-17 मा प्रकाशित

बिर्तामोडम। बिर्तामोडमा शनिबार देखि फायरउड वेकर्स क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको सञ्चालन बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल ९ढकाल०ले गरेका हुन ।

उक्त क्याफेको शनिवार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । क्याफेको उद्घाटन ढकालकी आमा सावित्रा ढकालले गरेकी थिइन् ।

५० लाख रुपैंयाँको लागतमा कृष्ण हल रोड, बिर्तामोड –५, मा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक सिर्जन ढकालले बताए । उनले विश्वका जुनसुकै मुलुकमा पाइने कफी अब फायरउड वेकर्स क्याफेमा उपलब्ध हुने बताए ।

लण्डनको पम्पिडो नामक क्याफेमा तीन वर्ष सिकेको सीपलाई स्वदेशमा उपयोग गर्दै फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याइएको उनले बताए ।

ढकालकी श्रीमती एलिना रिजाल ९ढकाल०ले बेलायतको मान्यता प्राप्त ब्रिटिस कफी स्कुलबाट तालिम लिएर इंग्ल्याण्डमा लामो समयसम्म कफी हाउसमै काम गरेको अनुभवलाई ब्यवहारमा उर्तादै फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको बताइन् ।

उनले कफीका पारखीलाई मध्यनजर गर्दै विदेशी स्वादको कफी विर्तामोड लगायत झापाबासीलाई चखाउन फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको बताइन् ।

आफूहरु दुवै जनाले विदेशमा कफी सम्वन्धि तालिम लिएर विर्तामोडमा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको बताउँदै उनले कफीका पारखीलाई कफीको गुणस्तरमा कमी हुन नदिने जानकारी दिइन् ।

फायरउड वेकर्स क्याफेमा कफी , आइसक्रिम , मिल्कसेक , पेष्ट्रिज ९मफिन ,प्याटीज ० सवै प्रकारका व्रेड ,डुनोट , आइसकफी , पिज्जा , वर्गर , सेण्डवीच ,जुस ,वर्थ डे केक , लगायतका सामाग्री ग्राहकलाई उपलव्ध गराइने सञ्चालक सिर्जन ढकालले बताए ।

विर्तामोडको एक किलोमिटर क्षेत्रभित्र निःशुल्क होम डेलिभरीको सुविधा समेत उपलव्ध गराइएको उनले वताए । कात्तिक ७ गतेसम्म उद्घाटन हप्ता राखिएको र त्यो अवधिमा ग्राहकलाई पाँच प्रतिशत छुट समेत उपलव्ध गराइएको उनले जानकारी दिए ।

आफूहरुको मुख्य उद्धेश्य नै कफीका पारखीलाई विदेशी स्वादको कर्फी चखाउनु रहेकाले विर्तामोड लगायत झापाबासीलाई सुपथ मूल्यमा कफी उपलव्ध गराइने उनले जानकारी दिए ।

लाखौं रकम खर्च र श्रम खर्चेर विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गर्न सके स्वदेशमै सुन फलाउन सकिने बताउँदै उनले युवालाई सीप सिकेर स्वदेशमै आत्मनिर्भर हुन आग्रह गरे ।

झापाका अग्रज पत्रकार स्व।मदन ढकाल र सावित्रा ढकालका छोरा वुहारी सिर्जन र एलिनाले आमावुवाको इच्छा नै छोरावुहारीले स्वदेशमै उद्यम गरेर आत्मनिर्भर वन्नु रहेकाले आफूहरुले फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए ।

विदेश गएका युवा सिप सिकेर उतै रमाउने भएपनि आफूहरुले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गरेको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्की , विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , पूर्व अध्यक्षहरु मोहन ढकाल , राजेन्द्र थापा , पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल , प्रधानसम्पादक एकराज गिरी ,शिला ढकाल , तारा निरौला ढकाल, भुपेन्द्र मैनाली , सुस्मिता ढकाललगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु