सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी,९करोडको लागतमा चिया उद्योग सञ्चालन

2020-10-26 मा प्रकाशित

डम्बर बराल
बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर सदस्यको ५५हजार सेयर पूँजीबाट स्थापित शुभ चिया सहकारी संस्थाले २ वर्षअघि चिया प्रशोधन कारखाना निर्माण गरेर सञ्चालनमा ल्याएको छ । करिब ९ करोडको लागतमा निर्माण सम्पन्न गरिएको उक्त चिया प्रशोधन कारखानाबाट सहकारीले अघिल्लो सिजनबाटै सदस्यहरूको हरियो पत्ती खरिद गरेर चिया प्रशोधन सुरु गरेको सहकारी संस्थाका अध्यक्ष समशेरबहादुर खड्काले जानकारी दिए । बर्सेनि उद्योगपतिबाट ठगिनुपर्ने बाध्यता भएपछि आफ्ना सदस्यहरूको हितलाई ध्यानमा राखेर आफ्नै चिया सहकारीमार्फत चिया कारखाना निर्माण गरेको अध्यक्ष खड्काको भनाइ छ । उनले भने, “अघिल्लो सिजनमा तयारी चिया बिक्री नहोला कि भन्ने चिन्ता थियो तर समस्या झेल्नुपरेन राम्रै व्यापार भयो ।” सदस्यहरूलाई आत्मनिर्भर बनाउने सहकारीको मुख्य लक्ष्य भएको बताउँदै उनले भने, “हामी सदस्यहरूलाई किसानबाट मालिक बनाउने अभियानमा छौँ । सदस्यहरूले उचित मूल्य पाए भने जीवनस्तर उस्कन्छ र उनीहरू आत्मनिर्भर बन्छन् ।” सहकारीमार्फत व्यापार गर्दा उनीहरूले उचित मूल्य त पाउने नै भए त्यसपछि बोनस पनि दुवै कुराबाट सदस्यलाई फाइदा पुग्ने उनले बताए ।


सहकारीले आर्थिक अभावका बीच २०६९ सालदेखि फेक्ट्री निर्माण सुरु गरेको अध्यक्ष खड्काको भनाइ छ । “हामीसँग पैसा होइन बलियो इच्छाशक्ति थियो । त्यसैले पैसा हुनेसँग सापटी र हारगुहार गर्दै फेक्ट्री निर्माण सुरु ग¥यौँ ।” खुसी हुँदै उनले भने, “आज हामी सफल भएका छौँ ।” स्थापनाको सुरुमा बैङ्किङ व्यवसाय मात्र गर्दै आएको सहकारीले २०६९ सालदेखि भने बैङ्किङ व्यवसायलाई छोडेर चियासँग सम्बन्धित कारोबार मात्र गर्दै आएको थियो । बर्सेनि हात्तीले पु¥याएको क्षतिबाट प्रताडित बन्दै आएका बाहुण्डाँगीवासीहरूले नगदेबालीको विकल्पको रूपमा २०५७ सालदेखि चिया व्यवसायलाई रोजेर चिया खेती सुरु गरेको सहकारी संस्थाका लेखा समिति सदस्य तथा स्थानीय चिया कृषक धर्मानन्द निरौलाले बताए । उनले भने, “हात्तीले धान तथा मकैबालीमा ठूलो क्षति पु¥याउन थालेपछि चिया खेती सुरु ग¥यौँ तर उद्योगपतिबाट चरम आर्थिक शोषण भोग्नुप¥यो, त्यसैले सहकारीमार्फत फेक्ट्री निर्माण गर्नु हाम्रो बाध्यता थियो ।”
सहकारी संस्थाले फेक्ट्री निर्माको लागि ३ करोड ५२ लाख नेपाल सरकार कृषि विकास मन्त्रालय राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत अनुदान प्राप्त गरेको र बाँकी रकम सेयर र ऋणबाट लगानी गरिएको सहकारी संस्थाका व्यवस्थापक सचिन निरौलाले बताए । उनले भने, “फेक्ट्री निर्माण गर्ने सपना संस्थापक अध्यक्ष हेमराज भारती, र व्यवस्थापक स्व. भवानीभक्त निरौलाको थियो । उहाँहरूले बनाएको योजना र देखेको सपना पुरा गर्न हामी निरन्तर लागिप¥यौँ र आज सफल भएका छौँ ।

अघिल्लो सिजनमा उद्योगले ५० लाख नाफा कमाउन सफल भएको र उक्त रकम सदस्यहरूबीच बोनसको रूपमा वितरण गरिएको व्यवस्थापक निरौलाले बताए । दैनिक २० हजार केजी हरियो पत्ती प्रशोधन गरेर ४ हजार केजी तयारी चिया उत्पादन भइरहेको र भारत तथा नेपालकै विभिन्न बजारमा तयारी चिया खपत हुने गरेको उनको भनाइ छ । सहकारीले आफ्ना सदस्य किसानहरूलाई उनीहरूको जीवनस्तर उकास्न विभिन्न सुविधासमेत प्रदान गर्दै आएको छ । सहकारीले आफ्ना सेयर सदस्य परिवारमा कसैको मृत्यु भएमा रु ११ हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्दै आएको छ भने मासिक १ हजार बचत गर्ने सदस्यहरूलाई सहकारीले हरेक महिना घर प्रयोजनको लागि १ केजी चिया निःशुल्क उपलब्ध गराउँदै आएको व्यवस्थापक निरौलाले बताए । योसँगै सहकारीले आफ्ना सदस्य तथा कर्मचारी बिरामी भए उपचार खर्चबापत रु.२४ हजार आर्थिक सहयोग गर्दै आएको कार्यालयले जनाएको छ ।
सहकारीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कर्मचारी तथा सेयर सदस्यहरूको रु. ५० हजार बराबरको बिमासमेत गरिदिएको जनाएको छ । उचित मूल्य नपाउँदा आफ्नो व्यवसायको विकल्प खोज्न थालेका चिया किसानहरूले आफ्नै उद्योगमा चिया बिक्री गर्न थालेपछि राम्रो मूल्य लिन सफल भएको बताएका छन् भने यसले समग्र बाहुण्डाँगीका चिया किसानहरूलाई फाइदा पुगेको उनीहरूको भनाइ छ । स्थानीय चिया कृषक बिरेन सारु भन्छन्, “फेक्ट्री निर्माणले रामै्र फाइदा भयो । यसअघि भद्रपुर चिया लैजाने झन्झट थियो । मूल्य भने जस्तो कहिल्यै पाइएको थिएन तर यतिखेर जीवनमा नपाएको मूल्य थाप्दै छाँै ।” हाल प्रतिकिलो ४४ रुपैयाँमा हरियो चिया पत्ती बिक्री भइरहेको उनले बताए । सारुले भने, “चियाका बुटा उखेल्ने अवस्थामा पुगेका थियौँ तर अव चियाको भविष्य राम्रो होला जस्तो लाग्न थालेको छ ।”

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु