नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

2020-11-25 मा प्रकाशित

मेचीनगर,१० मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं वार्षिक साधारणसभाको प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।
काँकरभिट्टामा मुख्य कार्यालय रहेको सहकारीले बिर्तामोडस्थित कार्यालयमा बुधबार पत्रकार सम्मेलनआयोजना गरेर २८ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, बरिष्ठ उपाध्यक्ष नारायण कोइराला , उपाध्यक्ष भगवती घिमिरे मैनाली , सदस्यहरु सावित्रा दाहाल, डम्वरबहादुर बस्नेत , लेखा समिति संयोजक विष्णु गौतम , सदस्य रचना दाहाल , प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले संस्थाको नीति तथा कार्यक्रमसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कोरोना महामारीका बीच नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र स्वास्थ्य सुरक्षाका विधीहरु अवलम्वन गरी आगामी मंसीर २७ गते संस्थाको २८ औं वार्षिक साधारणसभा काँकरभिट्टामा गरिने जानकारी दिए ।
संस्थाको २८ औं वार्षिक साधारणसभाकोलागि संस्थाका ४० वटा कार्यालयमा कार्यालयगत र इकाईगतसमितिको भेला गरि संस्थाका सदस्यलाई प्रतिवेदन वितरण गरेर उनीहरुबाट सुझाव संकलन गर्ने ,माइन्युट प्रमाणित गर्न ४० वटा कार्यालयमा कार्यालयगत र इकाईगतसमितिको भेलाबाट एक ÷एक जना प्रतिनिधी छनौट गरी उनीहरुसम्मिलितसहितको आगामी मंसीर २७ गते संस्थाको २८ औं वार्षिक साधारणसभा काँकरभिट्टामा गरिने संस्थाका अध्यक्ष उप्रेतीले बताएका छन् ।
अध्यक्ष उप्रेतीले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थाले कोरोना कहरमा समेत बंैकिङ , डेरी ,कृषि र सहकारी पसलका कारोबार सुचारु राखेको , सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको , खातामा चलाउन वा झिक्न मिल्ने रकम नभएका सदस्यलाई पाँच हजार रुपैयाँ सापटी उपलव्ध गराएको , लकडाउनको अवधिको भाखा नाघेको कर्जामा हर्जाना नलिइएको , सवै किसिमका कर्जामा गत असार महिनाको व्याजमा १० प्रतिशत छुट दिएको , कर्जा र निक्षेपको व्याजदरमा समायोजन गरेको , १५ वटै पालिकामा खाद्यान्न उपलव्ध गरेको , कोरोना बीमा कोषमा दुई लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ ।

त्यस्तै तीन वटा सहकारीसंग एकीकरण गरिसकेको ,चिया उद्योगको काम अगाडी बढाएर अर्थोडक्स र ग्रिन टी उत्पादनको लक्ष्य राखेको, कार्यविधि परिमार्जन र थप कार्यविधि निर्माण, शेयर लाभांसको प्रस्ताव, कर्मचारी बोनस प्रस्ताव, सदस्य विस्तारको निरन्तरता, नमुना कृषि फर्म र सहकारी पसलमा विशेष जोड, कोभिड खर्च व्यवस्थापन रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाको २०७७ साल असार मसान्तसम्मको सदस्य संख्या ८५ हजार एक सय ३५ जना , शेयर पूँजी ८८ करोड १९ लाख तीन हजार सात सय रुपैयाँ , निक्षेप सात अर्व ३८ करोड ६२ लाख ३९ हजार रुपैयाँ, कर्जा लगानी सात अर्व ६४ करोड ३४ लाख ८३ हजार रुपैयाँ, कूल पुँजी तथा दायित्व ९ अर्व ४२ करोड ९ लाख ३१ हजार ४ सय २८ रुपैयाँ , आम्दानी एक अर्व तीन करोड ७० लाख ७९ हजार रुपैयाँ , खर्च ८२ करोड ५० लाख ७९ हजार रुपैयाँ र नाफा २१ करोड २० लाख रुपैयाँ रहेको अध्यक्ष उप्रेतीको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक विष्णु गौतमले प्रस्तुत गरेका थिए । उनले १० वटा विभिन्न शीर्षकमा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीकोअध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भगवती घिमिरे मैनालीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु