‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा पत्रकार काफ्ले र गौतमले गरे आर्थिक सहयोग

2020-11-26 मा प्रकाशित

बिर्तामोड ११ मंसीर । नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा झापाका दुई पत्रकारले सहयोग रकम प्रदान गरेका छन् ।
झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेली डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान गरेका हुन् ।
पत्रकार काफ्लेले पाँचहजार एकसय रुपैयाँ बराबरको चेक र गौतमले नगद पाँचहजार पाँच रुपैयाँ संचार गृहका अध्यक्ष भिमा शिवाकोटी, अक्षयकोष बृद्धि तथा संकलन संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वमान अध्यक्ष अम्बिका भण्डारी सहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार राजेन्द्र गौतमले देशभरमै झापाका महिला संचारकर्मीहरु संगठित भएर दीर्घकालीन सोच राख्दै स्थापना गरेको अक्षयकोषका लागि सानै भएपनि सहयोग गर्न पाएको खुशी लागेको बताए । विगत केही वर्षअघिदेखि आफ्नो जन्मदिनमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका गौतमले यो वर्ष कोरोना संक्रमण लगायत विविध कारणले थाँती रहेको नारी संचार प्रोत्साहन अक्षयकोषलाई सहयोग गरेको जानकारी दिए ।
रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै लगभग दुईवर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु