झापामा आज ८६ जनामा संक्रमण पुष्टि

2020-11-27 मा प्रकाशित

मेचीनगर, १२ मंसिर । झापामा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३१ महिला र ५५ जना पुरुषसहित ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा ३ महिलासहित १३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, बुद्वशान्ति गाउँपालिकामा ३ जना महिला, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा १ जना महिला, झापा गाउँपालिकामा १ महिलासहित २ जना, हल्दीबारी गाउँपालिकामा १ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला बाह्रदशी गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका ४ महिलासहित ८ जना संक्रमित रहेको उनले जानकारी दिए ।
त्यसमध्ये पालिका नखुलेकोमा ३ जना इलाम, १ जना खोटाङ र १ जनाको ठेगाना नखुलेको पाइएको छ । अन्य संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३२ हजार ९५८ स्वाब संकलन गरिएका मध्ये ३ हजार ७२६ जना संक्रमित छन् । जिल्लामा हालसम्म १०५ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १९१ र निको भएर घर फर्किएका २ हजार ४३० रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु