मकैमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित

2020-04-29 मा प्रकाशित

मेचीनगर,१७ बैशाख÷मकै बालीमा फौजी किराको प्रकोप बढेपछि मेचीनगरका किसान पिरोलिन थालेका छन् ।
मेचीनगर ५ का गोपाल गिरीले आफ्नो ५ कठ्ठा जमिनमा लगाएको मकैवालि किराले सखाप पारेपछि यतिखेरकाटेर पशुको लागि आहार बनाउन थालेका छन् । गिरी भन्छन् फौजी किराको प्रकोप सुरु भएपछि औषधि खोजि गरँे तर कतै पाइएन । लकडाउनका कारण भेटनरी पसल र मल तथा विषादीका पसल बन्द भएपछि औषधी खोज्दा खोज्दै किराले बोटै सखाप पारिदियो । यस अघि लगाएको धानबाली समेत फौजी किराको प्रकोपका कारण एक गाबो काट्न नपाएको उनको भनाई छ । गिरी एक प्रतिनिधि पात्र मात्र हुन सोही वडाका हर्कबहादुर थङगम्वा, उमाकान्त रिजाल, रविलाल गिरी लगायत धेरै किसानको मकैवाली नष्ट भइसकेको छ ।
बाली लगायो भित्र्याउन पाइदैन अब त बिउविजन समेत नपाइने भयो सबै बन्द छ सरकारले किसानको लागि पर्याप्त योजना र सुविधा दिएको बताउँदै आएपनि वास्तविक किसान भने सुविधा पाउनबाट बन्चित रहेको सीताराम टोल विकास संस्थाका अध्यक्ष सुरेश ढकालले बताए । फौजी किराको प्रकोप तत्काल नियन्त्रण नगरेर दीर्घकालीन रुपमा खाद्यान्न संकट सिर्जना हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु