राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत र्‍याली आयोजना गर्ने

2020-11-27 मा प्रकाशित

झापा,१२ मंसिर । राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत मोटर साईकल रयाली गर्ने भएको छ ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी,भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित बिषयमा जनदवाव सिर्जना गर्न राप्रपाले मोटर तथा मोटरसाइकल रयाली आयोजना गर्ने भएको हो ।समान विचार राख्ने सबै व्यक्ति, संस्था, संगठन र पार्टीहरुलाई राष्ट्रिय झण्डा र आआफ्नो संस्था,संगठन र पार्टीको झण्डा सहित उक्त रयालीमा सहभागी हुन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले अपिल गरेका छन् ।
रयाली व्यवस्थापनको लागि राप्रपा झापाले ध्रुव उप्रेती संयोजक र राजकुमार राइको सह–संयोजकत्वमा रयाली परिचालन समिति गठन गरेको छ । त्यस्तै जिल्ला अध्यक्ष अम्वर विष्टको संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजनमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रंजित प्रसाईको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।
मोटर तथा मोटरसाइकल रयाली काकडभिट्टा वाट शरु भई दमकसम्म पुग्ने जनाइएको छ ।सबै गाउँ नगर क्षेत्रीय समितिको बैठक बसि २० गते आआफ्नो गाउँ नगर बाट सहभागी हुने मोटर र मोटरसाइकल को बिबरण जिल्ला समितीमा पठाउन भनिएको सचिव केशव ओझाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु