जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला

2020-11-29 मा प्रकाशित

झापा । कनकाई नगरपालिका स्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ख्याम सिटौला निर्वाचित भएका छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरेका छन् भने सिटौलाका प्रत्यासी प्रगतिशील विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरे सिटौलाले रानामगरलाई ५३ मतको अन्तरले पराजित गरेका छन् । दुई उपाध्यक्षमा भने राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर भण्डारीले ३०७ मत प्राप्त गरेका थिए । उपाध्यक्षकै लागि स्वतन्त्र तर्फका उम्मेद्वार धननारायण श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।
सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राईले ४१० र यसनाथ अधिकारीले ४०४ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासीका रुपमा राना प्यानलका सिर्जु खरेलले ३५८ र बिदुर खड्काले ३४६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले जानकारी दिए ।
शनिबार बेलुका ८ बजेदेखि सुरु भएको मतगणना आइतबार बिहान ३ बजे सम्पन्न भएको हो । वन समूहका ८ सय ४२ मतदाता रहेको निर्वाचनमा ७ सय ९६ मत खसेको निर्वाचन समितिका संयोजक खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु