धनगढीका चौधरी परिवारलाई गुराँस लाईफ इन्स्योरेन्सले दियो , मृत्युदावी भुक्तानीको १० लाख रकम

2020-11-30 मा प्रकाशित

झापा,१५ मंसिर । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो ।
२०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट लागेर असामयिक निधनले भएको थियो ।कम्पनीले जीत बहादुरको परिवारलाई सो रकम बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बीमाङ्क रकममा मृत्यु बीमा दावी तथा बोनस समेत थपेर दावी भुक्तानी गरेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश संयोजक तारा सिंह बमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु