झापामा आज ५९ जनामा कोरोना संक्रमण ३ को मृत्यु

2020-12-01 मा प्रकाशित

मेचीनगर, १६ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा २३ महिला र ३६ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा ८ महिलासहित १६ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा ४ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ४ जना, कचनकवल गाउँपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, गौरादह नगरपालिकामा १ जना पुरुष र अन्य पालिका नखुलेकोमा ६ जना पुरुष मध्ये भारतका २ र इलामका २ जना र ठेगाना नखुलेका १ जना संक्रमित रहेको उनले जानकारी दिए । अन्य संक्रमित सबै जना स्थानीय हुन् ।
त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा २ महिलासहित ३ जना छन् । जस्मा शिवसताक्षी–८ का ३६ वर्षीया महिला, सोहि ठाउँका ८७ वर्षीय पुरुष र दमक–३ की ८२ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३३ हजार १३५ स्वाब संकलन गरिएका मध्ये ३ हजार ९२० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार २५५ र निको भएर घर फर्किएका २ हजार ५५२ रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु