बालकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक

2020-12-01 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बाकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक परेको छ ।
मेचीनगर ८ दुर्गामन्दिर टोल निवासी ७६ बर्षिय उनका बुबा मानबहादुर माझीको सोमबार बिहान ६ बजे निधन भएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल माझिका ४ छोरा शन्तलाल माझी , सन्तकुमार माझी ,बिष्णु माझी, प्रभुकुमार माझी, छोरीहरु सकुन्तला माझी र दुर्गा माझी तथा ५ जना नाति र ४ पनाति रहेका छन् । केहि साता अघि छोरी सकुन्तलाको निधन भएपछि मानबहादुर छोरीको यादमा टोलाउँदै आउनु भएको थियो । बुवालाई कुनै किसिमको स्वास्थ्य समस्या थिएन् जेठाछोरा शन्तलालले भन्नुभर्यो बैनिको निधन पछि धेरै चिन्तित देखिनु हुन्थ्यो त्यसैले कमजोर हुनु भएछ एक्कासी स्वास्थ्मा समस्या आयो बेलुका राम्रैसँग सुत्नुभएको बुवाले बिहान हामी सबैलाई छोडेर जानुभयो । उहाँको माझी परम्परा अनुसार स्थानीय निन्दानदीमा दाहासस्कार गरिएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु