अव ब्याजदरको अन्तर ५ प्रतिशत कायम हुने

2020-12-03 मा प्रकाशित

काठमाडौं,१८ मंसिर । मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर अव ५ प्रतिशत कायम हुने भएको छ । । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत तोकेको हो ।पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम ९तरलता० पर्याप्त छ । अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याजदर धेरै नै घटाएका छन् ।निक्षेपको ब्याजदर नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकले ब्याजदर अन्तरमा ५ प्रतिशतको अंकुश लगाएको हो । ंब्याजदर सम्बन्धी अन्य व्यवस्था भने पुरानै कायम गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु