झापामा बिहीबार ५९ जनामा कोरोना संक्रमण पुष्टि

2020-12-03 मा प्रकाशित

मेचीनगर, १८ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीबार जिल्लाका १४ वटा पालिकामा २८ महिला र ३१ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ४ जना, हल्दीबारी गाउँपालिकामा ६ महिलासहित ११ जना, कचनकवल गाउँपालिकामा १ महिलासहित ३ जना, बाह्रदशी गाउँपालिकामा १ महिलासहित ३ जना, गौरादह नगरपालिकामा २ महिलासहित ४ जना, बुद्वशान्ति गाउँपालिकामा १ जना महिला, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, कमल गाउँपालिकामा ३ जना महिला र अन्य पालिका नखुलेकोमा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए ।संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३३ हजार ५४२ स्वाब संकलन गरिएका मध्ये ४ हजार १० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११४ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार २२५, होम आइसोलेसनमा १ हजार २०९ र निको भएर घर फर्किएका २ हजार ६७१ रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु