ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम

2020-12-12 मा प्रकाशित

डम्बर बराल
ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ ।
कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो ।
गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको दुबै मृगौला खराव भएपछि २०७४ । ८ । २१ गते नेपाल फर्किएर उपचार गराई रहेको अवस्थामा मिति २०७७। ५ । २७ गते उनको मृत्यु भएको थियो । कम्पनीले मृतकको श्रीमती गीता कुमारी निरौलालाई १३ लाखको चेक प्रदान गरेको छ ।
सोहि अवसरमा कम्पनीले साउदीमा कोरोना पोजेटीप भई २०७७ । ५ । ७ गते बैदेशीक रोजगारीका क्रममा मृत्यु भएका बीमित छत्रबहादुर लिम्बूको श्रीमती कमला लिम्बूलाई समेत १३ लाखको चेक प्रदान गरेको छ । दुवै चेक कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनिका सिईओ नारायण कुमार भट्टराईले प्रदान गर्नु भएको थियो । कम्पनीका प्रदेश १ प्रमुख गिरधर श्रेष्ठको सभापतित्व आयोजित कार्यक्रममा प्रमुख अतिथि भट्टराईले जीवन बीमा क्षेत्रमा गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले समाजमा पुर्याएको सकारात्मक प्रभाव र जीवन बीमाको आवश्यक्ताका बारेमा प्रकाश पर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख श्रेष्ठले सहभागि एजेन्सीहरुलाई उत्साह पुर्वक व्यापार प्रवर्धनमा जुट्न र बीमा बढाउन अनुरोध गर्नु भयो ।सो अवसरमा उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । लतिका श्रेष्ठले स्वागत गरेको कार्यक्रको सञ्चालन कल्पना गुरुडले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु