तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने

2020-12-20 मा प्रकाशित

काठमाडौं,५ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।
नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा। बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।
बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।’अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु