निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

2020-12-21 मा प्रकाशित

झापा,६ पुस । प्रतिनिधिसभा विघटन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले वैशाख १७ र २७ मा हुने निर्वाचानको तयारीमा जुट्न आहृवान गरेका हुन् ।‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । त्यसैले कुनै कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्नुहोस ’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु