माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

2020-12-22 मा प्रकाशित

काठमाडौं,७ पुस। प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलेनेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु