कोरोना संक्रमणबाट आज मेचीनगरमा एक महिलाको मृत्यु

2020-12-22 मा प्रकाशित

मेचीनगर, ७ पुस । मेचीनगरमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा मेचीनगर–१० की ५७ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा आज ३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिका वडा नम्बर ४ का २ जना पुरुष र मेचीनगर नगरपालिका वडा नम्बर २ की १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।झापामा हालसम्म ३५ हजार २७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४४४ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२९ जनाको मृत्यु भइसकेको छ ।
आइसोलेसनमा रहेका सकृय संक्रमित ३०५ र होम आइसोलेसनमा २९८ र हालसम्म निको भएर घर फर्किएका ४ हजार १० जना रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु