अन्ततः फुट्यो नेकपा

2020-12-23 मा प्रकाशित

काठमाडौं,८ पुस। केहिमहिना देखि आन्तरिक कलहमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई टुक्रामा विभाजित भएको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक ९नेकपा एमाले र माओवादी केन्द्र० बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई टुक्रामा विभाजित भएको हो ।
विभाजनसँगै एउटा पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् भने अर्का पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिएका छन् ।
पार्टी एकताकै बलमा २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमत पाएको नेकपा अब औपचारिकरुपमै विभाजित हुन पुगेको छ । यो पार्टीले प्रतिनिधिसभाका २७५ मध्ये १७४ र छवटा प्रदेशमा दुई तिहाइ बढी मतसहित सरकारको नेतृत्व गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु