मन्त्रिपरिषद्पुनर्गठन ,आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त

2020-12-25 मा प्रकाशित

झापा, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेको एकसाता नविदै प्रधानमन्त्री ओलीले आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी छिन् ।
नवनियुक्त मन्त्रीहरूमा टोपबहादुर रायमाझीले उर्जा र जलश्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै मणीचन्द्र थापाले खानेपानी मन्त्रालय, प्रभु साहले शहरी विकास मन्त्रालय, गौरीशंकर चौधरीले श्रम मन्त्रालय र दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसबाहेक गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रेमबहादुर आले वन तथा भूसंरक्षण मन्त्री र जुलीकुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्।उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा विमला विश्वकर्मा छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु