प्रदेश १मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

2020-12-27 मा प्रकाशित

झापा, १२ पुस । प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज दर्ता भएको छ ।
राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाकै समुहले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
राईविरुद्ध अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेका छ । मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रसताव गरिएको छ । सो प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु