आधुनिक साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न

2021-01-01 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर ६ स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्था ९आबस० को नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए ।
आचार्यले विधि, प्रविधिमैत्री सेवा दिँदै सदस्यहरुलाई अधिकतम सुविधा प्रदान गर्ने गरीको रणनीति तय गर्न सहकारीलाई आग्रह गरे ।
संस्थाले पुस १२ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानमा केन्द्र तोकेर सदस्यहरुबाट सुझाव संकलन गर्दै सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन अनुमोदन गराएको थियो ।संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०।७८ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । २०६८ सालमा स्थापित सहकारी संस्थाको आर्थिक वर्ष २०७६र०७७ को असार मसान्तसम्म कुल पुजी १९ करोड ५५ लाख ३५ हजार रहेको लेखा समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले यो वर्ष २५ लाख ४९ हजार खुद नाफा हात पार्दा हाल १३ करोड ३३ लाख ३६ हजार रकम सदस्यहरुमा कर्जास्वरुप लगानीमा छ ।
संस्थाको कुल शेयर पुजी १ करोड ७४ लाखबढी रहँदा ९ करोड १२ लाख ७६ हजार रकम सदस्यहरुको बचत हिसाबमा छ ।
६ हजार ५ सयबढी शेयर सदस्य रहेको सहकारीमा तीन सम्पर्क कार्यालय र एक प्रधान कार्यालयमा गरी २८ जना कर्मचारी कार्यरत छन् ।
कोरोना कहरका कारण संस्थाले सदस्य सहुलियत योजना अन्तर्गत कर्जाको व्याजमा १० प्रतिशत छुट गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै संस्थाले कोभिड १९ महामारीको समयमा विभिन्न संस्थासंगको समन्वयमा १ लाख बढी सहयोग गरेको जनाइएको छ ।
साधारण सभाको अवसरमा संस्थाले आफ्ना १० जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
उत्कृष्ट बचतकर्ताको रुपमा रामकुमार सुवेदी, भावना उप्रेती, कृष्णबहादुर खड्का, टंकमाया तामाङ लाई पुरस्कृत गरेको छ ।
त्यस्तै उत्कृष्ट ऋणीतर्फ टिकामाया प्रधान, होमबहादुर अधिकारी, सनम राई र वर्षा तामाङ तथा ज्येष्ठ नागरिकहरु सत्तिलाल धिमाल र अम्विकादेवी कट्टेललाई सम्मानसहित पुरस्कृत गरेको छ ।
सम्मानित हुने सबैलाई नगद रु १ हजार तथा प्रमाण पत्र प्रदान गरिएको संस्थाका सहसचिव भुपाल ओलीले जानकारी दिए ।
संस्थाका अध्यक्ष अंगतबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष मेदनी खरेल र सञ्चालन सचिव कमल थापाले गरेका थिए ।
सभाको बन्द सत्रमा उठेका विभिन्न सुझाव एवं सवालहरु संकलन गरि निर्णयार्थ प्रस्तुत गरिरएको र बाँकी रहेका बिषयबस्तुलाई कार्यसमितिको बैठकमार्फत हल गर्दै लैजाने निर्णय भएको संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु