गृहलक्ष्मी साकोसको साधारण सभामा सम्मान

2021-01-03 मा प्रकाशित

धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी, सल्लाहकार, उत्कृष्ट बचतकर्ता, ऋणि र बालबचतकर्तासहित नौजनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा संस्थाका कानुनी सल्लाहकार पदम डाँगी, उत्कृष्ट बचतकर्ता मेचीनगर–१० की फुलमाया तामाङ, मेनपा–९ शान्ति राजवंशी, असल ऋणिद्वय मेनपा–९ की फुलोकुमारी चौधरी, मेनपा–१० की भीमकुमारी गिरी रहेका छन् ।
त्यसैगरी, बालबचतकर्ता मेनपा–९ का संयम दाहाल, निर्जला प्रधान, उत्कृष्ट कर्मचारीमा निषा मगर र कार्यालय सहयोगी रिङ्की मण्डललाई पनि सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि अधिकारीले नगद, सम्मान पत्र र दोसलाले सम्मान गरेका थिए ।
आठ जना महिला र २२ जना पुरुष गरी ३० सदस्यहरुको रु। सात लाख, ५० हजार शेयर पूँजीबाट सुरु भएको संस्थाले १२ बर्षको अवधि पूरा गरिरहँदा दुई हजार ४४४ शेयर सदस्यहरुको रु एक करोड ८० लाख भन्दा बढी शेयर पूँजी पुग्न सफल भएको संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले विर्तामोड, मेचीनगर–१ बाहुनडाँगी र इटाभट्टामा गरी तीन वटा सेवा केन्द्रसमेत विस्तार गरेको उल्लेख गरेको छ । अध्यक्ष श्रेष्ठले क्यान्सर, मुटु तथा मृर्गौला, ब्रेन ट्यमूरलगायतका जटिल प्रकृतिका रोग लागेको शेयर सदस्यलाई समेत आर्थिक सहयोग गर्दै आएको बताए ।
विभिन्न व्यवसाय सञ्चालन गर्न ऋण लिएका शेयर सदस्यहरुलाई कोभिड–१९ का कारण गरिएको लकडाउनको अवधिमा समेत लाग्ने व्याज ऋण मिनाह गरेको उनले बताए ।
संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले यो अवस्थामा आउँदा भोग्नु परेको समस्या र चुनौतीका बारेमा जानकारी दिएकी थिइन् । उनले संस्थाले आधुनिक र सुविधा सम्पन्न भवनबाट हाल सेवा प्रदान दिइरहेको बताउँदै शेयर सदस्यहरुको हक हितका निम्त सदैव क्रियाशील रहने बताइन् । उनले संस्थाका झापाका १५ वटै पालिकाकामा सेवा केन्द्र विस्तार सुरु गरिएको बताइन् ।
संस्थाका सचिव राजु धिमालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।ा

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु