विर्तामोडमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

2021-01-03 मा प्रकाशित

झापा, १८ पुस । प्रचण्ड–नेपाल समूहले आज झापाको विर्तामोडमा विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले दुई वर्षसम्म पार्टी र सरकार मिलेर चलाउन सके जनताले अझै पनि बहुमत दिने बताए।नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई गल्तीका लागि माफी मागेर एकता प्रक्रियामा आउन आग्रह समेत गरे ।आम कार्यकर्ता पार्टी एकताकै पक्षमा रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले मनलाग्दी गर्दा पार्टीमा विभाजन आएको हुँदा अब ओलीले विश्राम लिनु राम्रो हुने बताए ।
नेकपामा विभाजन आएपछि झापामा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको यो पहिलो जनसभा हो । यसअघि जिल्लास्तरीय कार्यकर्ता भेला भइसकेको छ ।विरोध कार्यक्रममा नेकपा झापाका इञ्चार्ज रविन कोइराला, केन्द्रीय सदस्य नरेश खरेल, सहसंयोजक बिजय साम्पाङ, पूर्व सांसद् धर्मशिला चापागाई, प्रदेश सांसद् झलकसिंह दर्लामीलगायतका नेताहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु