चिन्ह सूर्य र झण्डामा आँखा नलगाउन प्रचण्ड—माधव समूहलाई युवा नेता वस्नेतको चेतावनी

2021-01-11 मा प्रकाशित

लक्ष्मी उप्रेती

धुलावारी , २७ पुस÷ राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले अन्य राजनीतिक दलका नेता कार्यकर्तालाई कसैले जिल्ला र क्षेत्र प्रवेशमा निषेध गरे राष्ट्रिय यवा संघले उनीहरुका नेता कार्यकर्तालाई देशभर निषेध गर्ने चेतावनी दिनुभएको छ ।

सोमबार झापाको मेचीनगरमा लोकतन्त्र रक्षा र ताजा जनादेशका लागि नेपाल सरकारबाट घोषणा गरेको मध्यवधि निर्वाचनको स्वागतमा राष्ट्रिय युवा संघ नेपाल झापाले आयोजना गरेको वृहद युवा भेलालाई सम्बोधन गदैं इञ्चार्ज वस्नेतले यस्तो चेतावनी दिनुभएको हो । कुनै पनि दलका नेता कार्यकर्तालाई निषेध गर्नु अधिनायकवाद र माओवादी शैली भएकाले यस्ता गतिविधि विरुद्घ युवा संघ नेपाल सधै पछि नहट्ने समेत बताउनुभयो ।नेकपा ओली पक्षका केन्द्रीय सदस्य समेत रहनु भएका नेता वस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भएको बताउँदैं केपी शर्मा ओलीलाई राजनेता भन्दा अरु नेताहरुले टाउको नदुःखाउन र ‘डिप्रेशन’ मा नपर्न समेत सुझाव दिनुभयो । नेकपाभित्रको वर्तमान अवस्थातर्फ इंकित गदैं नेता बस्नेतले प्रचण्ड—माधव समूह विभाजन भएर गए कुनै फरक नपर्ने भन्दैं कूचोले बढार्ने कसिंगर हावाले उडाएर लगेको भन्दैं टिप्पणी गर्नुभयो । ‘अहिले कोहि कोहि समूह नेकपालाई खायौं भन्दैछन् ’ नेता बस्नेतले भन्नुभयो—‘यो भुसुनाले हात्तीलाई खाएर आए भने जस्तै हो । ’

राजनेता हुन हरेक नेपाली जनताको मन मनमा बस्न सक्नुपर्ने भन्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता बस्नेतले माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराईलगायत थुप्रै नेताहरु पटक पटक प्रधानमन्त्री भए पनि नेपाली जनताको मन र मुटुमा नसकेकै कारण राजनेता हुन नसकेको टिप्पणी गर्नुभयो । जमीन र मैदानमा बसेका नेपाली जनताको मन र मस्तिष्कमा बस्न नसकेकै कारण आज अरु पूर्व प्रधानमन्त्रीहरु सडकमा आन्दोलन गरिरहेका र वर्तमान केपी शर्मा ओली पौने तीनकरोड नेपाली जनताको हाईहाई बन्न पुगेको बताउनुभयो । अधिकाँश समय प्रचण्ड—माधव समूहको आलोचनामा खर्चिनु भएका नेता वस्नेतले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको खुलेरै प्रशंसा गर्नुभएको थियो । अहिले पूर्व मेचीदेखि पश्चिम महाकलीसम्मका युवा विद्यार्थीमात्र होइन हरेक नेपाली जनता प्रधानमन्त्री केपी ओलीको सपना पुरा गर्न र उनकै साथमा रहेको दाबी उहाँको थियो ।अहिले सडकमा राजा आउ देश बचाउ भन्ने सम्मको नारा सुनिन थालेको भन्दैं नेता वस्नेतले प्रयोजित रुपमा केपी ओलीका विरुद्घ समाचार लेखेर सामाजिक सञ्जाल प्रयोग गरेर लागे पनि केही नहुने दावी गर्नुभयो । केपी शर्मा ओली देशले खोजेको प्रधानमन्त्री, देशलाई समृद्घशाली बनाउने प्रधानमन्त्री, हरेक नेपाली जनताको मन र मुटुमा सफलरुपमा बस्न रुचाउँने प्रधानमन्त्री भएकाले उहाँ सफल प्रधानमन्त्री र राजनेता भएको दाबी थियो । केपी भ्रष्टचार विरोधी, देशमा सुशासन कायम गर्न खोज्ने प्रधानमन्त्री भएको उहाँको भनाई छ ।यो देशमा धेरै मान्छे सरकार प्रमुख बनिसकेको प्रसंग निकाल्दैं नेता बस्नेतले भने—‘ यो देशमा धेरै पटक प्रधानमन्त्री बनीसकेकाहरु विदेशीलाई मलाई बोलाउ भन्दै हिड्नुपर्छ तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न विदेशीहरु आउछन् ठूल्ठूला अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु आउछन् ।’ प्रधानमन्त्री त धेरै भए तर, किन भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालतर्फ ल्याउन सकेनन् र आज केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नेपाली नक्शा जारी गर्न सफल हुनुभयो यसैका कारण पनि प्रधानमन्त्री ओली राष्ट्रवादी र राजनेता भएको प्रष्ट पार्नुभयो । यो देशका नेताहरु उपचार र विभिन्न वहानमा भारत जाने गरेको प्रसंग उल्लेख गदैं नेता बस्नेतले अहिले पत्नी सीता दाहालको उपचारको नाममा प्रचण्ड आफ्नो राजनीतिक उपचारको औषधि खोज्दैं भारत गएको टिप्पणी गर्नुभयो ।दरवारमा राजालाई दाम चढाएर प्रधानमन्त्री बन्न खोज्नेहरु अहिले आफुलाई स्वघोषित राजनेता भन्दैं हिड्दै गर्दा उनीहरुलाई नै कुरी कुरी लाग्नुपर्ने उहाँको तर्क थियो । नेता बस्नेतले सुर्य चिन्हको भोट लुटेर कुर्सीमा पुगेकाहरुले अब उप्रान्त सूर्य चिन्हको भोट लुटेर कुर्सीमा पुग्छु भन्ने सपना नदेख्न समेत सुझाँव दिनुभयो । अहिले आन्दोलनका नाममा सडकमा बसेका प्रचण्ड—माधव समूहतर्फ ईकिंत गदैं कथित आन्दोलनका नाम सडकमा नबस्न र आगामी निर्वाचनमा सहभागी भएर चुनाव जित्नतिर लाग्न सुझाँव दिनुभयो । अहिले अरु दलले समेत गरेको आन्दोलन विरोध नभएर चुनावी तयारी भएको टिप्पणी गर्नुभयो । सूर्य चिन्ह र नेकपाको झण्डा प्राप्त गर्ने केपी ओली शर्मा ओली नेतृत्वको नेकपाको नैसर्गिक अधिकार भएकाले चुनाव चिन्ह सूर्य र पार्टीको झण्डामा अरुलाई आँखा नलगाउन सुझाँव समेत नेता बस्नेतले दिनुभयो ।राष्ट्रिय यवा संघ नेपाल झापाका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको भेलालाई राष्ट्रिय यवा संघ नेपालका संगठन विभाग प्रमुख बच्चन सिहं, महिला विभाग प्रमुख अञ्जना अधिकारी,१ नम्बर प्रदेश अध्यक्ष रविन थापा, पूर्व केन्द्रीय सचवि राजु कार्की, नेकपाका केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, १ नमबर प्रदेश अध्यक्ष देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलगायतले सम्बोधन गर्नुभएको थियो । झापा सचिव सुमनध्वज थापाले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज नारायण खनालले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु