रासायनिक विषादीको प्रयोग नगर्न बक्ताहरुको जोड

2021-01-14 मा प्रकाशित

मेचीनगर । रासायनिक विषदीको प्रयोगले वाताररणीय सन्तुलन तथा मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै यसको प्रयोगलाई रोक लगाउनु बक्ताहरुले जोड दिएका छन् ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले आयोजना गरेको ‘विषादीका कारण मानव शरीरमा पर्ने असर र विषादीको आयात तथा निर्यात रोकथामका लागि स्थानीयको भूमिका’ विषयक छलफलमा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर भयाभह रहेको भन्दैं सहभागीहरुले पूर्वी काँकरभिट्टानाकाबाट आयात निर्यात हुने विषादी नियन्त्रण गर्न सवैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । आयोजक प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्रमुख वरिष्ठ बाली विशेषज्ञ हर्षहाङ राईले विषादीले विश्वका विभिन्न देशका मानव स्वास्थ्य र वातावरणमा पारेको असरका बारेमा जानकारी दिए । उनले विषादीको संर्सगमा आएपछि तत्काल छालामा एलर्जी हुने, आँखा पोल्ने, अन्धोपन हुने, दृष्टि कमजोर, क्यान्सर, कलेजो तथा मृगौलामा असर पार्नै, बंशाणुगत परिवर्तन हुने, दम, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिने बताए ।

अत्यधिक र अव्यवस्थित विषादी प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँने, हाम्रो वायु, पानीका मुहानहरुलाई दुषित बनाउँने,समग्र पर्यावरणलाई नै यतिधेरै क्षति गर्ने रासायनिक विषादीको अन्धाधुन्ध प्रयोगबारे कृषि एवम् जनस्वास्थ्यका वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेको बताउँदै उनले भने यस्तो भयाभह स्थितिलाई रोक्न धेरै देशहरुले विषादी प्रयोग सम्बन्धी कडा कानुन ल्याइराखेका छन् । त्यसैले हामीले समेत समयमै ध्यान दिन आवश्यक छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले विषादीले मानव स्वास्थ्यमा तत्कालै नभएपनि दीर्घकालिनरुपमा असर पार्ने भएकाले यसमा कसैले पनि ‘कम्प्रमाइज’ नगर्न सुझाँव दिनुभयो । प्लान्ट, खाद्य, पशु तथा नापतौलको सिफारीस नभई अहिले भन्सारले कुनै कृषि, पशु, खाद्य, तथा नापतौलका सामाग्रीको जाँचपास नगर्ने उहाँको भनाई थियो । उहाँले व्यपार सहजीकरणमा भन्सार कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं अहिले सरकारी संयन्त्रहरु एउटै छातामूनि रहेकाले व्यवसायीहरुलाई सहज भएको बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले विषादीका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गर्न सुझाँव दिए । मानिसलाई विभिन्न माध्यमबाट विषादीले पार्ने असरका बारेमा चेतना दिन नाटक, अन्तरक्रिया, छलफललगायतका माध्यमबाट विषादीका बारेमा जनचेतना फैलाउन र कृषकका बारीमै पुगेर विषादीका बारेमा दिनुपर्ने उनको भनाई थियो ।सहभागीहरुले उत्पादनमा विषादी प्रयोग भए नभएको वा कति छ भनी यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे व्यवस्था गरिनुपर्ने बाहिरबाट भित्रिने तरकारी, फलफूललाई मात्र होइन देशभित्रकै उत्पादनलाई पनि गर्नुपर्ने तथा नेपालमा भित्रिने आयातित खाद्य उत्पादनहरुमा पनि विषादी परीक्षणको व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल वोडर आउट पोस्ट काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार अधिकृतहरु रामप्रसाद भट्टराई, लेखबहादुर बस्नेत, रामेश्वरकुमार मिश्र,खाद्य आयात—निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय काँकरभिट्टाका प्रमुख सुवासचन्द्र वस्ती, खाद्य निरीक्षक दिनेश ढुङ्गाना, नेपाल इन्टरमोडल यातायात विकास समिति काँकरभिट्टा सुख्खा बन्दरगाह कार्यालयकी प्रमुख अम्बिका सुवेदी, पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख डक्टर रामकुमार मण्डल, प्राविधिक गंगाप्रसाद यादव, व्यवसायीहरु शंकर थापा,सुदिप बुढाथोकी, खेमराज ओली। नित्तम पौडेल, विमर्श श्रेष्ठ, आशिष राई, प्रेम खवास, बाबुराम बस्नेत, श्याम शाक्य, रोशन शिवाकोटी, मित्र संग्रौला, सन्तोष चापागाईँ,सुरेश थापालगायतले आ आफ्नो विचार राखेका थिए । सहभागिहरुले नाकामा विषादी परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि आग्रह समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु