नेपाली काँग्रेस मेचीनगरले गर्याे इटाभट्टामा सरकार विरुद्ध प्रदर्शन

2021-01-16 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,३ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले संसद पुनस्र्थापनाको माग गर्दै शनिबार मेचीनगरको ईटाभट्टामा विरोध प्रदर्शन गरेको छ । मेचीनगरको प्रवेशद्घारा नजिकबाट सर्वसत्तावाद मुर्दावाद , संसद विघटनको असंवैधानिक कदम मुर्दावाद, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नारालगाउँदै विरोध र्याली ईटाभट्टा पूर्वपट्टी कोण सभामा परिणत भएको थियो ।


कोणसभालाई नेपाली काँग्रेस जिल्ला उपसभापति एवम् कार्यक्रमका प्रमुख अतिथि राम कट्टेलले सम्बोधन गर्दै ओली सरकार अराजक बन्दै गएको आरोप लगाए । आँफुसँग नभएको अधिकार र धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेर शक्ति उन्माद बनेका प्रधान मन्त्री ओली राजाकै शैलीमा देश दौडाहामा निस्किएको बताए । पार्टीको आन्तरिक कलह मिलाउन नसकेर सनकको भरमा प्रतिनिधि सभा विघटन गर्नु गैर संवैधानिक कदम भएको र त्यसलाई सर्वाेच्च अदालतले सच्याउनु पर्ने बताए । संसद पुनस्र्थापना नभए सम्म सडक आन्दोलन नरोकिने दावी गर्दै उनले भने १सय ४ बर्षको राणा शासन र २सय ४० बर्षे राजतन्त्र फ्याकेकोे नेपाली काँग्रेसले ओली सरकारलाई घुडा टेकाउन समय नलाग्ने बताए । चरम भ्रष्टचारमा फसेको नेकपा सरकार महत्वपूर्ण कामहरुलाई बेवास्ता गर्दै भागवण्डामै अल्मलिएको उनको आरोप छ । जनताले नेकपालाई दुईतिहाई मत दिएर ५ बर्षका लागि राज्यशत्ता सुम्पिएको स्मरण गर्दै उनले भने धेरै आशा र विश्वासका साथ जनताले नेकपाको पक्षमा मतदान गरे तर आज सवैलाई पछुतो भईरहेको छ ।
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङले दुईतिहाईको बहुमत सरकारले प्रतिनिधि सभा विघटन गर्न नपाउने संवैधानिक व्यवस्था भएपनि प्रधान मन्त्री ओलीले जवरजस्ती प्रतिनिधि सभा विघटन गरेर तानाशाहिरुपमा अघि बढेको बताईन् । लोकतन्त्र र सुशासनका लागि नेपाली जनताले ७५ बर्ष देखि आन्दोलन गर्नु परेको स्मरण गर्दै उनले काँग्रसकै नेत्रृत्वमा हरेक आन्दोलनले सार्थक रुप लिएको बताईन । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आमनेपालीको अभिभावक बन्न नसकेको र उनि ओली गुटको मात्र संरक्षक भएको आरोप लगाईन ।

नेपाली काँगे्रसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले लामो संघर्ष र बलिदानपछि प्राप्त लोक तन्त्रलाई कसैले सनकको भरमा समाप्त पार्न खोजे नेपाली काँगेसले त्यसको प्रतिकार गर्ने बताए ।


सो अवसरमा क्षेत्रीय सभापति मणिकुमार उप्रेती तरुणदल झापा जिल्ला सभापति गोपाल तामाङ लगायतका वक्ताहरुले मुलुकलाई सहिदिशामा डोर्याउन नेपाली काँग्रेको काधमा जिम्मेवारी आएको भन्दै चरम भ्रष्टचारमा फसेको नेकपा सरकार शक्तिउन्मादका कारण आँफै सिद्घिनलागेको बताए ।

पछिल्लो समय नेकपाप्रति जनताको विश्विास समेत गुम्दै गएको उनिहरुको भनाई छ । मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकीको सभापतित्व मा सम्पन्न कार्यक्रमकोे सञ्चालन नगर उपसभापति हस्त आङदेम्वेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु