काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश

2021-01-17 मा प्रकाशित

मेचीनगर,४ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई२–१ गोल अन्तरले पराजित गरेको हो ।जीत सँगै काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा भएको खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको तर्फबाट जर्सीनम्वर ३ का विशाल दर्जीले २ गोल गरेर टिमलाई विजयी बनाए । रेडस्टारको तर्फबाट रोमन भुजेलले १ गोल गरेका थिएप्रतियोगितामा उत्कृष्ट खेल्दै २गोल गर्न सफल काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल दर्जी म्यान अफ दि म्याच घोषित भए । उनलाई काकँरभिट्टा भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले नगद सहित ट्रफि प्रदान गरे ।भोलिको पहिलो क्वाटारफाईनल खेल धरान गार्डेन फुटबल क्लब सुनसरी र रोलिङ क्लब धुलाबारी बीच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए ।तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु