सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु (विओपी ) काँकरभिट्टाले गर्यो काँकरभिट्टाको सरसफाई

2021-01-18 मा प्रकाशित

काँकरभिट्टा, ५ माघ ÷ सोमबारबाट सशस्त्र प्रहरीले २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेका अनुसार यस अन्तर्गतका ११ वटा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) र ६ वटा बेस क्याम्प गरी झापा जिल्लाका १७ वटा सशस्त्र प्रहरीका यूनिटमा साताभरि सरसफाईलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।यसै अवसरमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) काँकरभिट्टाले सरसफाई कार्यक्रम गरी साताव्यापी कार्यक्रम शुरु गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराईको उपस्थितिमा ‘२० औं सशस्त्र प्रहरी दिवस २०७७’ को साताव्यापी अभियान शुरु गरेको हो । विओपी प्रमुख सशस्त्र प्रहरी निरीक्ष प्रेमकुमार राईको नेतृत्वमा निस्केको सशस्त्र प्रहरीले मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु नेपाल प्रवेशको मुख्यःद्वार काँकरभिट्टा बजारको मुख्यः मुख्यः भागको सरसफाई गरेको थियो । बिसं २०५७ सालमा सशस्त्र प्रहरी बल स्थापना भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको भनाई छ ।काँकरभिट्टा, बसपार्क, काँकरभिट्टा माध्यमिक विद्यालय परिसर, बाहुनडाँगी रोड, एशियान हाइवे, विश्वनाथ शिवालय मन्दिर जानेबाटोलगायतका स्थानमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) काँकरभिट्टाले सरसफाई गरेको थियो । यस अभियानमा विभिन्न सरकारी र गैरसरकारी संघ सस्थाहरुले सहभागिता जनाएका थिए ।सशस्त्र प्रहरी उपरीक्षक पाण्डेका अनुसार झापा जिल्लाका १७ वटा सशस्त्र प्रहरीका यूनिटहरुलाई विभिन्न मठमन्दिर, मस्जिद, चर्च, सार्वजनिक स्थललगायतका स्थानमामा साताव्यापीरुपमा सरसफाईलगायतका कार्यक्रम सञ्चालन गर्न सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाले निर्देशन दिएको छ ।

फरक क्षमता भएका बालबालिका, ज्येष्ठ नागरिकहरु आश्रित विभिन्न बृद्घाश्रममा पुगेर उनीहरुलाई भोजन तथा न्यानो कपडाको व्यवस्थापन गर्ने पनि साताव्यापी कार्यक्रम अन्तर्गत योजना रहेको छ ।सशस्त्र प्रहरी बलले आफूलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको, देशका ७७ जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण गरेको,यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा वृद्धि गर्दै लगिएको भन्दैं सर्वसाधारणले सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन् । राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पुर्याएको बताइएको छ । भुकम्प लगायत अन्य प्राकृतीक प्रकोप नियन्त्रण र उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका सदैव प्रशंसायोग्य रहेको छ । नेपालीजनको रक्षा अनि सिमाको संबेदनशीलताका लागि सशस्त्र प्रहरी अगाडी बढ्दै गरेको अवस्था छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु