मनिसको ह्याट्रिक सँगै डुडामारी फाईनलमा प्रवेश , शुक्रबार शिवसताक्षी र डुडामारी फाईनलमा भीडने

2021-01-20 मा प्रकाशित

डम्बर बराल
काँकरभिट्टा ७ माघ । मेचीनगरको काँकरभिट्टामा माघ १ गते देखि जारी स्व। अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको सेमिफाईनल खेलमा डुडामारी फुटबल क्लव विजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित सातौ दिनको खेलमा गार्डेन फुटबल क्लव धरान र डुडामारी फुटबव क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी फुटबल क्लवले ५–१ को फराकिलो अन्तरले गार्डेन लाई पछि पार्दै फाईनलमा प्रवेश गरेको हो ।

फाईनलमा प्रवेश गरेको डुडामारीका संजोग मगरले १ गोल , मनिस लिम्बूले ह्याट्रिक गर्दै ३गोल गर्न सफल भए भने सोहि टिमका सनम लिम्बूले समेत १ गोल गरे ।उता गार्डेन फुटबल क्लवले १ गोल गर्न सफल भयो उक्त गोल समेत अनगोल भएको थियो ।
खेलको मेन अफ द म्याच डुडामारी फुटबल क्लवका मनिस लिम्बू घोषित भए उनलाई नेपाल ढुवानी व्यवसायी महासंघका केद्रिय सदस्य एवम् युवा व्यवसायी श्याम प्रसाई
एसपी ले नगद १५ सय सहित ट्रफि प्रदान गरेका थिए ।उक्त ट्रफि सहित नगद समेतप्रसाईले उपलब्द गराएको आयोजकले जनाएको छ । शुक्रबार हुने फाईनलखेल शिवसताक्षी फुटबल क्लव र डुडामारी फुटबल क्लवबीच हुने आयोजक क्लवका सल्लाकार डिल्लीराम अधिकारीले जानकारी दिए ।फाईनल खेलमा विजेता टिमले ५० हजार र उपविजेता टिमले रु २५ हजार पुरस्कार राशि पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु