अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

2021-01-21 मा प्रकाशित

काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्।उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गरेका छन् ।कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै बाइडेनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् ।

अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उनले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउएका छन् ।यस्तै उनले जारी गरेका अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् ।यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिएका छन्।यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु