मेचीनगरका विभिन्न वडामा नेपाली कांग्रेसको वडास्तरीय विरोध प्रदर्शन

2021-01-21 मा प्रकाशित

मेचीनगर, ८ माघ । संसद विघटनका विरुदध्मा नेपाली कांग्रेसले आज मेचीनगर लगायत देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस मेचीनगर ५ वडा कार्यालयले आयोजना गरेको विरोध र्याली
मा सयौको संख्यामा कार्यकर्ताहरु सहभागि बनेर सरकारको विरोध जनाएका छन् ।

संसद पुनरस्थापना गर, ओली सरकार मुर्दावाद, संसद विघटन गर्न पाईदैन लगायत नारासहित रंगलाल चोकबाट सुरु भएको विरोध र्याली पीपलडाँडामा पुगेर कोण सभामा परिणत भएको थियो । नेपाली काँग्रेस वडानम्बर ५ का सभापति योगेन्द्र थापा मगरको सभापतित्व तथा क्षेत्रीय सचिव हरिबुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न विरोध कार्यक्रममा पूर्व नगर सभापति दुर्गा प्रसाद सापकोटा प्रदेश क कोषाध्यक्ष भावना तामाङ लगायतका वक्ताहरुले सरकारको चर्काे आलोचना गरेका थिए ।

वडा उपसभापति तारानाथ गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव मणिकुमार आचार्यले गरेका थिए । त्यसैगरी कांग्रेस ६ नम्बर वडा समितिले समेत काँकरभिट्टा बजारमा जुलुस प्रदर्शन गरेको छ ।काँकरभिट्टा बजारमा जुलुसको अगुवाई कांग्रेस नेतृ बीना तामाङले गरेकी थिइन् । जुलुस बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।नेपाली कांग्रेस वडा नम्बर ६ मेचीनगरका सभापति धनप्रसाद केरुङको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा कांग्रेसका क्षेत्रीय प्रतिनिधि दुर्गाप्रसाद सापकोटा, नेपाल महिला संघकी क्षेत्रीय सभापति रचना घिमिरे, नेपाल तरुण दलका क्षेत्रीय सभापति अर्जुन राई लगायतले सरकारको चर्को आलोचना गरेका थिए ।

कांग्रेस वडा सचिव कुलदिप राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रशाही विमलीले गरेकी थिइन् ।उता मेचीनगर ८ ले समेत विरोध प्रदर्शन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु